
काठमाडौँ, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आफ्नो एक सय दिन अवधिमा गरेका कामहरुबारे प्रकाशन गरिएको पुस्तकमा चुच्चे नक्सा नराखेको भन्दै चर्को विरोध भएको छ ।
सरकारले प्रकाशन गरेको पुस्तकमा नेपालको चुच्चे नक्सा राखिएको छैन । त्यसको चौतर्फी विरोध भइरहेको छ ।
त्यही क्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदबाट सर्वसम्मत पारित चुच्चे नक्सा कता गयो भनि सरकारलाई प्रश्न गरेका छन् ।
‘नेपाल सरकार प्रकाशक रहेको तस्बिरमा सरकारका १०० दिन पुस्तकमा नेपालको संसदले सर्वसम्मत रुपले पास गरेको नेपालको चुच्चे नक्सा कता गयो प्रम देउवाज्यु ? भट्टराईले भनेका छन्, ‘कि तपाईंलाई संसदको निर्णय मान्य छैन ? होइन भने यो हदको लापरवाही गर्नेलाई कार्वाही भएको र प्रम देउवाले सार्वजनिक रुपमा माफी मागेको खबर सुन्न नेपाली जनता आतुर छन् ।’













प्रतिक्रिया