
झापा, १ फागुन । कुनै कसूर बिना ४० वर्ष भारतीय जेलमा ४० बिताएका दुर्गाप्रसाद तिम्सिनाले ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् ।
उच्च अदालत, कोकलाताको आदेशअनुसार उनले नेपाली ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका हुन् ।
तिम्सिनालाई कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले काँकडभिट्टामा आयोजित एक कार्यक्रममार्फत क्षतिपूर्ति रकम हस्ताण्तरण गरेका हुन् ।
भारतको उच्च अदालत, कोलकाताले २१ मंसिरमा तिम्सिनालाई भारु ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो ।
इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए ।
आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।












प्रतिक्रिया