
काठमाडौँ, १ फागुन । साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ ।
आज एकै दिनमा नेप्से परिसूचक १००.६७ अंकले घटेर २७००.९० मा झरेको छ ।
त्यस्तै, आज सबै कम्पनीले गुमाएका छन् । त्यस्तै, विभिन्न कम्पनीका एक करोड १६ लाख बढी कित्ता शेयर किनबेच हुँदा करिब ६ अर्बको कारोबार भएको छ ।
बैंकहरुले निक्षेपको ब्याजदर बढाउने तथा प्रधानन्यायाधीशविरुद्धको महाअभियोगका कारण बजारमा नकारात्मक प्रभाव परेको जनाइएको छ ।















प्रतिक्रिया