२ कार्तिक २०८३, सोमबार

‘मेरो सवाल…’ सार्वजनिक, रोमान्टिक बने सुप्रिया र सन्दीप

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । यतिबेला मौसम प्रेमको छ ।

हुन त प्रेमका लागि सधैँ मौसम नै हुने गर्दछ । तर पनि प्रेम दिवसका कारण यो समय अझ बढी प्रेममय बनेको छ । प्रेमीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिएको पाइन्छ ।

१४ फेब्रुअरी त झन् सबै प्रेमीहरूका लागि विशेष हुने गर्छ । यो विशेष अवसरमा हरेक वर्ष प्रेमिल गीतहरू बन्ने गर्छन् । यसैबीच प्रेम दिवसको छेको पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको गीत सार्वजनिक भएको छ ।

कार्की र ढकालको स्वरमा रहेको ‘मेरो सवाल…’ गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत भरेका छन् ।

दीपेन वस्नयातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो । ‘प्रेमिल जोडीका लागि प्रेमदिवसको छेको पारेर गीतको भिडियो सार्वजनिक गरेका छौँ, एउटा राम्रो गीत र भिडियो बनेको छ, सबैले मनपराइ दिनुहुनेछ भन्नेमा आशावादी छौँ,’ निर्देशक शाहीले भने ।

https://www.youtube.com/watch?v=y65stjoPCd0