६ कार्तिक २०८३, शुक्रबार

नेपाल टेलिकमको मुनाफा रकम ४ अर्बनजिक, दोस्रो त्रैमासमा मात्रै १८ प्रतिशतले बढायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १८ दशमलव ४९ प्रतिशतले बढेको छ ।

योसँगै कम्पनीको मुनाफा बढेर करीब ४ अर्ब अर्थात् ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा खुद नाफामा १८ दशमलव ४९ प्रतिशतले वृद्धि भएको हो ।

दोस्रो त्रैमासमा मात्रै कम्पनीले ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ मात्रै थियो ।

टेलिकमको सञ्चालन आय गत वर्षको पुस मसान्तसम्मको तुलनामा ८ दशमलव ३६ प्रतिशतले वृद्धि भई १९ अर्ब २० करोड ७२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको कुल आयमा गत वर्षको तुलनमा ६ दशमलव ८७ प्रतिशतले वृद्धि भएर २१ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।