१ कार्तिक २०८३, आइतबार

ए डिभिजन लिग : मछिन्द्रको जित यात्रा कायमै, सातदोबाटोले पुलिसलाई हरायो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ माघ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको खेलमा मछिन्द्र क्लबले च्यासल युथ क्लबमाथि २–० को सहज जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन विमल घर्तीमगर र सुनिल बलले १–१ गोल गरेका थियो ।

१७ औं मिनेटमा विमलले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाएका थिए भने रेजिन धिमालको कर्नरमा विमलको हेड पोलमा लाग्दै गोलमा परिणत भएको थियो ।

यस्तै, ३५ औं मिनेटमा सुनिलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा मछिन्द्रले २–० को सहज जित हात पारेको हो ।

त्यस्तै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबमाथि १–० को जित हात पारेको छ ।