शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

ला लिगा : सेभियाको सहज जित

दैनिक नेपाल २०७८ माघ २९ गते ९:१९

काठमाडौँ, २९ माघ । स्पेनिस ला लिगा अन्तर्गत आज बिहान सम्पन्न खेलमा घरेलु टोली सेभियाले इल्चेमाथि २-० को सहज जित हात पारेको छ ।

रोमन सान्चेज पिजुवानमा सेभियालाई जित दिलाउन एलेसान्द्रो गोमेज र राफा मिरले एक-एक गोल गरे ।

खेलको ७० औँ मिनेटमा गोमेजको गोलमार्फत् सेभियाले अग्रता लिएको थियो । ७५ औँ मिनेटमा मिरले गोल गर्दै टोलीलाई २-० को सहज जित दिलाए ।

जितसँगै २४ खेलमा ५० अंक जोडेको सेभिया दोस्रो स्थानमा कायम रहँदा पराजित इल्चे समान खेलबाट २६ अंकका साथ १४ औँ स्थानमा छ ।

-एजेन्सी

 

प्रतिक्रिया
सम्बन्धित