५ कार्तिक २०८३, बिहिबार

छोराको हत्या ब्वाइफ्रेन्डले गरे, सजाय आफूले भोग्दै एक महिला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङटन । सन् २०२० को नयाँ वर्षको बिहान सबेरै रेवेक्का होग्यु ओक्लोहामा क्यासिनोको १२ घण्टे ड्युटी सकाएर घर फर्किन् । उनी त्यहाँ ककटेल वेट्रेस थिइन् । उनी आफ्नो दुई वर्षीय छोरा राइडरसँग सुतिन् । साथमा उनका ब्वाइफ्रेन्ड क्रिस्टोफर ट्रेन्ट पनि सुतिरहेका थिए ।

बिउँझिँदा उनले छोराले श्वास फेरिरहेको पाइनन् । उनका ब्वाइफ्रेन्ड काममा गइसकेका थिए । उनले अत्तालिएर प्रहरीलाई खबर गरिन् । अस्पताल पुर्‍याइँदा राइडरलाई मृत घोषित गरियो ।

उनको मृत्यु टाउकोमा गहिरो चोट लाग्नुको कारणले भएको बताइयो । सुख्खा भित्तामा राइडरको टाउकोको केस टाँसिएको पाइएकाले यसलाई पुष्टि पनि गर्ने गर्छ । सो घरमा होग्यु आफ्नो ब्वाइफ्रेन्ड ट्रेन्टसँग बस्दै आएकी थिइन् ।

होग्युले ट्रेन्टलाई जसरी भएपनि अस्पतालमा आउन सन्देश दिइन् । तर, उनले होग्युको टेक्स्ट र भ्वाइस मेसेजको जवाफै दिएनन् । चार दिनपछि विचिटा माउन्टेनमा ट्रेन्टको शव भेटियो । उनले आत्महत्या गरेको जस्तै देखिन्थ्यो ।

अनुसन्धान पछि ट्रेन्टले नै राइडरको हत्या गरेको स्पष्ट भएको एकजना सरकारी वकिलले बताएका छन् ।

ट्रेन्टको शव भेटिएको स्थान नजिक एउटा रुखमा उनले खोपेर ुहोग्यु निर्दोष छिन् लेखेका थिए ।

तर ट्रेन्टको मृत्यु भइसकेकाले अनुसन्धान २९ वर्षया होग्युतर्फ तेर्सियो । उनीविरुद्ध निर्मम हत्याको अभियोग लगाइयो । ओक्लोहामाको प्रचलित कानुनअनुसार आफ्ना सन्तानलाई कुनै पनि पीडितबाट बचाउन नसकेको खण्डमा अभिभावकलाई पनि पीडकलाई सरह नै कानुन लाग्छ ।

यो कानुन अमेरिकाका धेरैजसो राज्यमा लागु गरिएको छ । गत वर्ष उनीविरुद्ध मुद्दा सुरु भएको हो ।

उनलाई दोषी करार गर्न अदातलले उनलाई आफ्नो छोरामाथि यातना दिइने गरेको पूर्वजानकारी रहेको प्रमाणित गर्नुपर्दछ । उनी अदालती निर्णयको प्रतीक्षामा छिन् ।

–बीबीसी