
काठमाडौं, २९ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ स्थित मेगा बैंकको सेमलार शाखाले स्थानीय सेमलार खानेपानी तथा सरसफाई समितिलाई डस्टविन हस्तान्तरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो शाखाले समितिलाई १२ थान डस्टबिन बितरण गरेको जनाएको छ । सो कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख विश्व पौड्यालले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो डस्टबिन बितरण गरीएको जानकारी दिँदै मेगा बैकले सरल, सहज र उत्कृट वित्रीय सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको जानकारी दिए ।
त्यस्तै बैकका प्रदेश बजारीकरण प्रमुख आविष्कार खनालले बैकले सामाजिक उत्तरदायित्वअन्तर्गत नै ‘शिक्षा नै ज्योति’ अभियानलाई आत्मसाथ गर्दै मेगा बैकको देशैभरी रहेका प्रत्येक शाखा कार्यालयबाट दुई जना छात्रा पढाउँदै आएकाले बैकको सो कार्य पनि उदाहरणीय रहेको जानकारी दिए ।
कार्यक्रममा सेमलार खानेपानी तथा सरसफाई समितिका अध्यक्ष बुद्धिराम ढकालले डस्टविन ग्रहण गर्दै दुबै संस्था सेवाप्रदायक भएकाले आगामी दिनमा पनि अझ सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । डस्टविन अस्तान्तरण कार्यक्रम सेमलार शाखा प्रबन्धक अम्बिका लामिछानेको अध्यक्षता तथा कर्मचारी थानेश्वर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।















प्रतिक्रिया