
काठमाडौँ, २८ माघ । नजिकिँदै गरेको प्रणय दिवस सँगै प्रेमिल शैलीमा बनेको सुनन म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यसैक्रममा युवा गायक प्रदीप धमलाले ‘सुनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।
युवा, प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा गायक धमलाकै शब्द र उनकै सङ्गीत रहेको छ ।
भिडियोमा ‘द’ डान्स सोर्स समूहको समेत प्रस्तुति रहेको छ भने म्युजिक भिडियो ओपिडी ट्युन्स नामक च्यानलमार्फत् सार्वजनिक भएको हो ।















प्रतिक्रिया