शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

पुष्पलाल राष्ट्रिय ब्याडमिन्टनलाई लिनिङको साथ

दैनिक नेपाल २०७८ माघ २८ गते १४:०१

काठमाडौँ, २८ माघ । एघारौँ पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितालाई खेल सामग्री उत्पादक संस्था लिनिङले साथ दिने भएको छ ।

प्रतियोगितालाई लिनिङले साथ दिने सम्झौता भएको राष्ट्रिय ब्याडमिन्टन सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । लिनिङले मुख्य प्रायोजन गर्ने भएपछि अब प्रतियोगिताको नाम ‘लिनिङ ११औँ पुष्पलाल स्मृति याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा २०६७ सालदेखि नेपाल खेलकुद महासङ्घअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन सङ्घले आयोजना गर्दै आएको छ । उक्त प्रतियोगितालाई नखिपोट युथ क्लब–ब्याडमिन्टन सर्कलले साथ दिँदै संयुक्त आयोजकका रुपमा आफूलाई उभ्याएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घका महासचिव सुनिलमान शाक्यले जानकारी दिनुभयो । ललितपुरको नखिपोटमा उक्त प्रतियोगिता आगामी फागुन ३ देखि ७ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाल ब्याडमिन्टन सङ्घको प्राविधिक सहयोगमा हुने उक्त प्रतियोगितामा सङ्घसँग आबद्ध ४७ जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५० भन्दा बढी खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा पुरुष एकल (राष्ट्रिय वरियतामा १६औँ स्थानसम्मका), पुरुष एकल ९१६औँ बरियतादेखि बाहेकका, पुरुष युगल (खुला), महिला एकल ९राष्ट्रिय वरियतामा १२औँ स्थानसम्मका , महिला एकल ९१२औँ वरियतादेखि बाहेकका, महिला युगल (खुला), यू–१७ महिला तथा पुरुष एकल (खुला), भेट्रान्स ४५ वर्षमाथि, मास्टर्स ५५ वर्षमाथि (खुला) गरी १० विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

कूल रु २१ लाख ६० हजार खर्च हुने उक्त प्रतियोगितामा पुरस्कारतर्फ रु पाँच लाख ९८ हजार खर्च हुने बताइएको छ ।

लिग चरणको पुरुष एकल (राष्ट्रिय वरियतामा १६औँ स्थानसम्म) र महिला एकल ९१२ औँ स्थान सम्म० तर्फ प्रतिस्पर्धा गर्ने खेलाडीले प्रतियोगितामा सहभागिता जनाएबापत रु एक हजार ५०० प्राप्त गर्नेछन् ।

यस्तै लिग चरणमा विजयी हुने प्रत्येक खेलाडीले थप रु एक हजार ५०० प्राप्त गर्नेछन् । यस्तै क्वाटरफाइनलमा विजयी हुने खेलाडीले थप रु आठ हजार, सेमिफाइनलमा विजयी हुने खेलाडीले थप रु १६ हजार प्राप्त गर्नेछन् । फाइनलमा विजयी हुने खेलाडीले थप रु २० हजार र उपविजेता खेलाडीले थप रु पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यस्तै अन्य विधामा पुरुष एकल ९१६औँ स्थान बाहेक० र महिला एकल ९१२औँ स्थान बाहेक०, पुरुष तथा महिला युगल, भेट्रान्स युगल ४५ वर्षमाथि र मास्टर्स युगल ५५ वर्षमाथिका पहिलो हुनेले रु २० हजार, द्वितीयले रु १० हजार र तृतीयले रु पाँच हजार प्राप्त गर्नेछन् ।

यू–१७ पुरुष तथा महिला एकलतर्फ पहिलो हुने खेलाडीले रु १५ हजार, द्वितीयले रु आठ हजार र तृतीयले रु चार हजार प्राप्त गर्नेछन् ।–रासस

प्रतिक्रिया
सम्बन्धित