६ कार्तिक २०८३, शुक्रबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभन्ली स्पामा आकर्षक छूट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई हेभन्ली स्पा प्रालिले विशेष छूट उपलब्ध गराउने भएको छ ।

बैंकका ग्राहकलाई छूट उपलब्ध गराउनका लागि बैंकले स्पासँग समझदारी गरेको छ । उक्त सम्झौतापश्चात बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान–पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले विभिन्न सेवाहरूमा आकर्षक छूट पाउने बैंकले जानकारी दिएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको बताइएको छ ।

साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने अभिप्रायका साथ महालक्ष्मी विकास बैकले विभिन्न शाखाहरूबाट जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैंकले प्रदेश १ मा ५ वटा, मधेश प्रदेशमा १५ वटा, बाग्मती प्रदेशमा ३७ वटा, गण्डकी प्रदेशमा ९ वटा, लुम्बिनी प्रदेशमा १८ वटा, कर्णाली प्रदेशमा २ वटा र सुदूरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करीब ६ लाख ग्राहकहरूलाई वित्तीय सेवाहरू सरलिकृत तवरले प्रदान गर्दै आइरहेको बैंकको भनाइ ।