शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

चारदेशीय शृंखला क्रिकेटमा सुखद् सुरुवातको दाउमा नेपाल

दैनिक नेपाल २०७८ माघ २८ गते ७:५२

काठमाडौं, २८ माघ । आईसीसी टी–२० विश्वकप दोस्रो पटक खेल्ने लक्ष्य साथ ओमान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले प्रतियोगिता अघि आजदेखि शुरू हुने चारदेशीय शृंखला खेल्दैछ ।

शुक्रबार ओमानको अल अमेरात क्रिकेट मैदानमा पौने चार बजेदेखि शुरू हुने खेलमा नेपालले घरेलु टोलीको सामना गर्न लागेको हो ।

नेपाल सहित आयोजक ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आरल्याण्ड सम्मिलित शृंखला नेपाली टिमका लागि आफ्नो कमजोरी सुधार्ने राम्रो अवसर बनेको छ ।

ओमानमा पहिलो पटक सन्दीप लामिछानेले कप्तानी गर्दा विवेक यादब, लोकेश बम र सागर ढकालले सिनियर टोलीबाट पहिलो पटक खेल्ने छन् ।

यो शृंखलापछि १४ सदस्यीय टोलीले विश्वकपको ग्लोबल छनोट खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित