
नयाँ दिल्ली, २७ माघ । उत्तर प्रदेशको बागपतमा एक जुत्ता व्यापारीले केन्द्र र राज्य सरकारको आर्थिक नीतिबाट आक्रोशित भएको जनाउँदै फेसबुक लाइभमा विष सेवन गरे। अहिले व्यापारी गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्।
यसैगरी व्यापारीलाई बचाउने प्रयासमा लागेकी उनकी श्रीमतीले पनि विष सेवन गरेकी थिइन्। उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
मंगलबार दिउँसो फेसबुक लाइभमा बसेर बागपतको बरौत सहर कासिमपुर खेडी गाउँका निवासी राजीव तोमरले सरकारको जीएसटी र नोटबंदीको नीतिको आलोचना गरेका थिए।















प्रतिक्रिया