शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

‘ललितपुर मेयर कप’ क्रिकेट प्रतियोगिता फागुन पहिलो सातादेखि

दैनिक नेपाल २०७८ माघ २७ गते ९:०७

काठमाडौं, २७ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले फागुन पहिलो सातादेखि ललितपुर मेयर कप टी२० क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ ।

क्यानले सबै प्रदेशलाई पत्र लेख्दै फागुन ७ गतेदेखि प्रतियोगिता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ । ललितपुर महानगरपालिको सहयोगमा क्यानले उक्त प्रतियोगिता गर्न लागेको हो ।

प्रतियोगितामा पुसमा धनगढीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी२० क्रिकेट प्रतियोगिता सेमिफाइनल पुग्ने चार टोली र अन्य चार टोलीबाट ललिपुर मेयर्स ११ गरि पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रधानमन्त्री कपको सेमिफाइनलमा एपीएफ क्लब, उपविजेता प्रदेश नम्बर १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश पुगेका थिए ।

गतवर्ष चैतमा पहिलो पटक ललितपुर मेयर टी२० महिला क्रिकेट सम्पन्न भएको थियो । उक्त प्रतियोगिता फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो ।

गतवर्ष ललितपुरले क्यानलाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित