
सिन्धुपाल्चोक, २७ माघ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–४ का चोपनाथ नेपाल छन् । मानव वेचविखन तथा ओसारपसार मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतले १६ पुस २०५८ मा उनलाई १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । तर उनी फरार थिए ।
पक्राउ परेका नेपाललाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।















प्रतिक्रिया