८ कार्तिक २०८३, आइतबार

स्रोत नखुलेको साढे १३ लाख रुपैयाँसहित एक जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

धनुषा, २६ माघ । धनुषा जिल्लाको बिदेह नगरपालिका ९ बाट माघ २५ गते सशस्त्र प्रहरीले १३ लाख ४० हजार नेपाली रुपैयाँसहित सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ९ बस्ने ४२ वर्षिय सरोज कुमार सिंहलाई पक्राउ गरेको छ ।

मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश ईटहर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका सिंहलाई बरामद रुपैयाँ र उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।