
काठमाडौँ, २६ माघ । भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते तोकिएको छ ।
वुधबार भन्सार विभागले एक सूचना जारी गर्दै परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने जनाएको हो ।
परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ ।
यसअघि कोरोना संक्रमणका कारण दुई पटक परीक्षा स्थगित भइसकेका थिए ।
२०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो । ६६० पदका लागि साढे ९ हजारले आवेदन दिएका छन् । भन्सार एजेन्टहरुले निकासी र पैठारीकर्ताको काममा सहजीकरण गर्दछन् ।















प्रतिक्रिया