
काठमाडौँ, २६ माघ । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध विशाल प्रदर्शन भएको छ ।
वुधबार काठमाडौँको माइतीघर मण्डला र बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरिएको छ ।
प्रदर्शनमा नेपाल कम्युनिष्ट पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी लगायत ८ राजनीतिक दलहरुले सहभागीता जनाएका छन् ।
प्रदर्शनमा सुरक्षालाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।















प्रतिक्रिया