शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

किन जान्‍छ जापानमा बारम्‍बार भूकम्प ? वैज्ञानिकले पत्ता लगाए नयाँ तथ्य

दैनिक नेपाल २०७८ माघ २६ गते १०:४९

टोकियो, २६ माघ । जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो ।

केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महसुस गर्छन । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरूका अनुसार दक्षिणी जापानमा ठूलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठूला रास हुन सक्छन् ।

वैज्ञानिकहरूले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठूला भूकम्पहरूबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरूमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरूको भनाई छ ।

‘कहिले, कहाँ र कसरी ठूला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यबाणी गर्न सकिदैन । तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउदा हामी निकट भविष्यका प्रक्रियाहरू अनुमान सुरु गर्न सक्छौं,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भूभौतिकविद् शुइची कोदाइरा भन्छन् । उनको भनाईलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उदृत गरेको छ ।

कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरूले २० वर्षदेखिको भूकम्पीय तथ्यांक जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरू समावेश गरिएको थियो ।

अहिलेसम्मकै ठूलो सेस्मिक डाटालाई विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टार५ लाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन् ।

जापान भूकम्पीय दृष्टिले एकदमै जोखिम देश हो । केही वर्षको अन्तरालमा जापानीले बारम्बार भूकम्प महसुस गर्छन । बारम्बार भूकम्प जानुमा वैज्ञानिकहरूले एउटा नयाँ तथ्य खुलासा गरेका छन् । उनीहरूका अनुसार दक्षिणी जापानमा ठूलो भूकम्प जानुको कारण जमिनमुनि रहेका पहाड आकारका चट्टानका ठूला रास हुन सक्छन् ।

वैज्ञानिकहरूले दक्षिणी जापानको तटमुनि कुमानो प्लुटोन नामक संरचना फेला पारेका छन् । ठूला भूकम्पहरूबाट आउने टेक्टोनिक उर्जा यस वरपरको विभिन्न विन्दुहरूमा डाइर्भट हुने गरेको कुमानो प्लुटोनको ३ डी भिजुअलाइजेसनले खुलासा गरेको वैज्ञानिकहरूको भनाई छ ।

‘कहिले, कहाँ र कसरी ठूला भूकम्प जान्छन् भनेर ठ्याक्कै हामीले भविष्यबाणी गर्न सकिदैन । तर, हाम्रो नमुनालाई मोनिटरिङ डाटासँग मिलाउदा हामी निकट भविष्यका प्रक्रियाहरू अनुमान सुरु गर्न सक्छौं,’ जापान एजेन्सी फर म्यारिन अर्थ साइन्स एन्ड टेक्नोलोजीका भूभौतिकविद् शुइची कोदाइरा भन्छन् । उनको भनाईलाई अस्टिन वेबसाइटमा युनिभर्सिटी अफ टेक्सासले उदृत गरेको छ ।

कुमारनो प्लुटनोको वास्तविक हद (क्षेत्र) लाई बुझ्न वैज्ञानिकहरूले २० वर्षदेखिको भूकम्पीय तथ्यांक जाँच गरेका थिए । सो कार्यका लागि सेस्मिक सेन्सर्सको जापान नेटवर्कबाट लाखौं रेकर्डहरू समावेश गरिएको थियो ।

अहिलेसम्मकै ठूलो सेस्मिक डाटालाई विश्वविद्यालयको सुपर कम्प्युटर लोनस्टार५ लाई प्रदान गरिएको थियो । कुमानो प्लुटोन निकै घना र कठोर हुने र यसले भूकम्प गराउने टेक्टोनिक गतिविधिलाई सहयोग गर्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन् । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित