शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस र च्यासल आज भीड्दै

दैनिक नेपाल २०७८ माघ २६ गते १०:४२

काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नवौं चरणमा आज बुधबार पुलिस क्लब र च्यासल युवा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको थियो । तर, कोरोना संक्रमण र मैदानको खराब अवस्थाका कारण आजका लागि खेल सारिएको थियो ।

सोही अनुसार अब च्यासल र पुलिसबीचको खेल आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको हो । यसअघि यो खेल माघ २ गतेका लागि तय भएको थियो । तर, च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्तिम समयमा एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित