
बर्दिया, २६ माघ । बर्दियाको जनशान्ति सामुदायिक वनमा १८ वर्षीया एक किशोरी बलात्कृत भएकी छिन् ।
ती किशोरीलाई सोमबार दिउँसो बारबर्दिया नगरपालिका–१ स्थित जनशान्ति सामुदायिक वनमा २५ वर्षीय एक युवकले बलात्कार गरेको प्रहरीले बताएको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मधुबन नगरपालिका–४ का २५ वर्षीय प्रकाश चौधरीलाई सोमबार नै प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया