६ कार्तिक २०८३, शुक्रबार

खल्तीबाट फ्लाइट टिकट काट्ने भाग्यशालीले ‘आईफोन–१३’ पाउने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । अनलाइन भुक्तानी सेवाप्रदायक मोबाइल वालेट ‘खल्ती डिजिटल वालेट’मार्फत हवाई टिकट काट्ने एक जना भाग्यशालीले ‘आईफोन–१३’ प्राप्त गर्ने भएका छन् ।

खल्तीले हालै ल्याएको ‘उडान अब मात्र रू. १’ अन्तर्गत फ्लाइट टिकट खरीदमा एक जना भाग्यशाली बिजेतालाई ‘आईफोन–१३’ को बम्पर उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । त्यति मात्र होइन हरेक दिन एक जनालाई रू. १ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स समेत प्राप्त हुने कम्पनीको भनाइ छ ।

‘खल्ती’ फ्लाइट टिकट बुकिङका लागि सहज प्लेटफर्म भएको छ, जसमा रू. १ हजार २०० सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको कम्पनीको दाबी छ ।

यो अफर माघ २३ गतेदेखि फागुन ३० गतेसम्म जारी रहने छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्ने छ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाई गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने छन् ।

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड भएको ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । उनका अनुसार २० लाख भन्दा बढी प्रत्यक्ष र लाखौं परोक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ ले बिल भुक्तानी जस्तै मोबाइल र टीभी रिचार्ज, फ्लाइट तथा मूभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरीर ६० हजार भन्दा धेरै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आइरहेको छ ।

साथै विभिन्न क्यासब्याक तथा छूट प्रदान गरी प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा ‘खल्ति’ले योगदान दिँदै आएको उनको भनाइ छ ।