
तनहुँ, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँका उपसचिव प्रदिपराजअधिकारीले अबको चुनावमा नेकपा एमाले पहिलो शक्तिको रुपमा उदाउने बताएका छन् ।
स्थानीय निर्वाचन घोषणापछि आम जनतामा उत्साह रहेको बताउँदै उनले अबको निर्वाचनमार्फत नेकपा एमाले सबै भन्दा ठूलो दल बन्ने दाबी गरेका हुन् । तत्कालीन ओली सरकारले मात्र नभई नेकपा एमालेको संघीय तथा प्रदेश सरकार र वडा सरकारमा रहेर एमालेका जनप्रतिनिधिले देखिनेरी काम गरिरहेकाले अबको निर्वाचनमार्फत पनि जनताले एमालेलाई नै जिताउने उनको विश्वास छ ।
एमाले मात्र जनताको पार्टी भएको हुदाँ अबको निर्वाचनमा पनि एमाले देशको पहिलो शक्तिकै रूपमा अगाडि आउने उनको जिकिर छ । नेकपा एमाले व्यास नगरपालिका–५ द्धारा आयोजित कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् ।
ओली सरकारले ३ वर्षको कार्यकालमा गरेको कामले जनताला भान्वित भएको उनको भनाइ छ । ‘जब ओली सरकारलाई परामादेशमार्फत विस्थापित गरियो त्यसयता वर्तमान सरकारले केही पनि काम गरेको छैन,’ उनले भने ।’















प्रतिक्रिया