
काठमाडौं, २६ माघ । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ ।
आज (माघ २६ गते) बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण भन्दै सारिएको छ । संघीय संसद सचिवालयले हिजो मंगलबार राति एक सूचना जारी गर्दै उक्त दिन र समयमा बैठक बस्न नसक्ने जनाकारी गराएका हुन् ।
सचिवालयका अनुसार बैठक अब फागुन २ गते दिउँसो १ बजे बस्ने छ । ‘प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गगरेको व्यहोरा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।















प्रतिक्रिया