
काठमाडौँ, २५ माघ । मुलुकभर पछिल्लो २४ घण्टामा थप एक हजार ९५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सोमबार एक हजार ५७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो भने पछिल्लो २४ घण्टामा १२ हजार ६९२ नमूनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख २० हजार ५९२ पुगेको छ । नेपालमा निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६८ हजार ६११ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३५ हजार ६०५ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।
पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ९१ हजार ९५९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ९९ हजार ४८१ पुगेको छ ।












प्रतिक्रिया