१८ कार्तिक २०८३, बुधबार

दुई लाख घुस लिने वडा सदस्यविरुद्ध मुद्दा दायर

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । काठमाडौँ महानगरपालिकाका एक वडा सदस्य सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

वडा नम्बर १४ का वडा सदस्य वसन्त महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।

जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमिव्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस दिनका महर्जनले घुस मागेको कुरा सहायक प्रवक्ता भण्डारीले जानकारी दिए।