
काठमाडौँ, २५ माघ । अनलाइन भुक्तानी सेवा खल्ती डिजिटल वालेटले अब मात्र रू १ मा उडान योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत फ्लाइट टिकट खरिदमा एक जना भाग्यशाली बिजेताले आइफोन १३ उपहार प्राप्त गर्ने सक्नेछन्।
यसैगरी, योजना अन्र्तगत हरेक दिन एक जनालाई एक रुपैयाँमा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ। उडान अब मात्र रू १ योजना यहीँ माघ २३ गतेदेखि फागुन ३० गतेसम्मलाई लागू हुनेछ।
उक्त योजनामा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरूले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाइसी भेरिफाई गरेर उक्त योजनामा सहभागी हुन सक्नेछन्।
नेपाली फिनटेक उद्योगमा खल्ती एक फरक पहिचान बोकेको ब्रान्ड बनेको छ। यसको २० लाखभन्दा बढि प्रत्यक्ष प्रयोगकर्ताहरू छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरू रहेको कम्पनीले दाबी गरेको छ।












प्रतिक्रिया