१८ कार्तिक २०८३, बुधबार

बँदेलको आक्रमणबाट एकजनाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मार्तडी, २५ माघ । बूढीनन्दा नगपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् ।

सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते विष्टको प्राथमिक स्वास्थ्यचौकी कोल्टीमा लैजानेक्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।–रासस