६ कार्तिक २०८३, शुक्रबार

यूनियन लाइफ इन्स्योरेन्सले ल्यायो ‘जीवन आवरण’ बीमा योजना

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषतासहितको ‘जीवन आवरण’ नामको नयाँ बीमा योजना सार्वजनिक गरेको छ ।

बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको नयाँ बीमा योजनामा बीमा गर्नेहरुका लागि विविध सुविधाहरु उपलब्ध रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

उक्त नयाँ योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जीवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ भने बीमा अवधिभित्र कालगतीले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात् दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने ब्यवस्था रहेको कम्पनीले बताएको छ । यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभवापत एक करोड रुपैयाँसम्म र बोनस रकम उपलब्ध हुने कम्पनीको भनाइ छ ।

उक्त योजना लिन चाहनेहरुले न्यूनतम एक लाख रुपैयाँदेखि आयश्रोतको आधारमा चाहेअनुसार बीमाङ्क रकमको बीमा योजना खरीद गर्न सकिने छ । साथै यो योजनामा न्यूनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यो बीमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधा समेत उपलब्ध हुने छ ।

उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेखअन्तर्गत ऋण तथा समर्पण सुविधा प्राप्त गर्न सक्ने ब्यवस्था कम्पनीले गरेको छ । कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले बताए ।