२ कार्तिक २०८३, सोमबार

वरिष्ठ साहित्यकार तथा पत्रकार चालिसेको नवीनतम् कृति ‘जीवनका वक्ररेखा’ सार्वजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको नवीनतम् कृति ‘जीवनका वक्ररेखा’ बजारमा आएको छ ।

आत्मसंस्मरणको रूपमा आएको यस कृतिमा चालिसेले आफू, आफू बाँचेको समाज, ती कालखण्डका संस्कृति, राजनीति र साहित्यका साथै पत्रकारिताका विविध पाटाहरूलाई इमानदारीसाथ उधिन्ने प्रयास गरेका छन् ।

यसकारण पनि राजनीति, साहित्य, कला र पत्रकारितामा रुचि राख्ने जो कोहीका लागि आफ्नो यो ५४औं कृति गतिलो खुराक हुन सक्ने विश्वास कृतिकार चालिसेले लिएका छन् । सुरभि साहित्य प्रतिष्ठान प्रकाशक रहेको यस कृतिमा रहेका ९ वटा अलग—अलग खण्ड मार्फत् कृतिकारले आफ्नो बाल्यकालदेखि कोरोना कहरसम्मको अवधिका कालखण्डलाई मिहिन रूपमा विश्लेषण पनि गरेका छन् ।

उपन्यास, कथासङ्ग्रह, बालसाहित्य, यात्रा निबन्धसहित आमसञ्चार तथा पत्रकारिताका कृतिकार चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा दुई कार्यकाल गोरखापत्र दैनिकका प्रधानसम्पादक समेत रहिसकेका छन् ।

हाल अवकाशको जीवनमा भने उनी विशुद्ध रुपमा साहित्य र समाजसेवामा आवद्ध छन् ।