२ कार्तिक २०८३, सोमबार

एमसीसीविरुद्ध बन्यो गीत, ‘स्वाभीमानी हाम्रो छातीमा उसकै सेना परेड खेल्दैछ…’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ माघ । अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) चाहिँदैन भन्ने भावसहितको गीत निर्माण गरिएको छ ।

देशमा एमसीसीको पक्ष र विपक्षमा चर्काचर्की चलिरहेको बेला पोखराबाट एमसीसीविरुद्धको गीत सार्वजनिक भएको हो । सङ्गम सांस्कृतिक मञ्चको प्रस्तुतिमा बनेको ‘से नो एमसिसी…’ बोलको गीतको रचना स्ट्रगल रानाले गरेका हुन् ।

सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँलेको सङ्गीत रहेको गीतमा सचिव विकास लुङ्गेलीको स्वर रहेको छ । लुङ्गेलीलाई प्रतीक्षा सुनारले गायनमा साथ दिएकी छन् ।

एमसीसी आएमा नेपालको आकाशमा साम्राज्यको बादल छाउने भन्दै नेपाली छातीमा अमेरिकी सेनाले परेड खेल्ने अवसर बन्ने भएकाले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने भाव गीतमा प्रस्तुत गरिएको छ ।

नेताहरूले मातृभूमि बन्धक राखेर भुँडी भर्न खोजेको भन्दै एमसीसीको पक्षमा भएका नेताहरूलाई खबरदारी पनि गरिएको छ ।