
काठमाडौँ, २४ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १ हजार ५७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ८७४ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार ४९१ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ५७० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ११ लाख २ हजार २५९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख १५ हजार ४८९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार १११ जना रहेको छ ।
थप १ लाख ७८ हजार ५७९ हजार जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८२७ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया