
काठमाडौं, २४ माघ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले केपी ओली प्रधानमन्त्री छँदा बिग्रिएको विदेश सम्बन्ध वर्तमान सरकारको पालामा सुध्रिएको हेर्ने इच्छा व्यक्त गरेका छन् ।
वर्तमान सत्ता गठबन्धनप्रति कटाक्ष गर्दै पूर्वमन्त्री बास्कोटाले ओलीले सम्बन्ध बिगारेको आरोप लगाउनेहरूले पाँच महिनामै सन्तुलनको डोरी चुँडाल्न खोजेको आरोप समेत लगाएका छन् ।
‘प्रचण्डले युटर्न लिएको देख्न हप्तादिन लाग्ला कि त्यो भन्दा अगावै देखिएला ? परराष्ट्र मामिलाका धुरन्धर ज्ञाताहरुले ज्ञान फिट्न परो,’ उनले भनेका छन्, ‘ओलीले ध्वस्त पारेको विदेश सम्बन्ध सप्रेको देख्न मन छ । पाँच महिनामै सन्तुलनको डोरी चुडने गरी तान्न नहुनेथ्यो । तर केही छैन । बाँकी– तालको पानी माछीले खाने !’
एमसीसीको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दोहोरो चरित्र प्रदर्शन गरेको भन्दै उनले प्रचण्डको बोलीमा ठेगान नभएको आरोप समेत लगाएका छन् ।















प्रतिक्रिया