शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

भारतमा कोरोनाका कारण लगाइएका धेरैजसो प्रतिबन्ध हटाइयो

दैनिक नेपाल २०७८ माघ २४ गते ८:५३

नयाँ दिल्ली, २४ माघ । भारतले कोरोना रोकथामका लागि भन्दै लगाइएका धेरैजसो प्रतिबन्ध हटाएको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम कम भएसँगै भारतले प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो ।

सङ्क्रमण हुनेको सङ्ख्या र सङ्क्रमणदर दुवै घटेकाले आजदेखि सबै सरकारी कार्यालय खुल्ने छन् । सरकारी सेवा नियमित अवस्थामा फर्किएको छ ।

आज सोमबादेखि सबै कर्मचारी भौतिक रुपमा नै नियमित रुपमा कार्यालय जाने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तर, कार्यालयमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नु पर्नेछ ।

यस्तै, नयाँ दिल्लीमा बन्द भएका शैक्षिक संस्था पनि आजदेखि खुल्दै छन् । दिल्लीका स्कुल, कलेज, कार्यालय लगायत क्षेत्र खुलेका हुन् । भारतको जनजीवन बिस्तारै पुरानै लयमा फर्किन लागेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित