
काठमाडौं, २४ माघ । काठमाडौंमा आज सोमबारदेखि किशोरकिशोरीहरूलाई फाइजर खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
काठमाडौँ महानगरपालिकाले आजदेखि फाइजर खोपको दोस्रो मात्रा लगाउन शुरु गर्न लागेको हो । जिल्ला खोप समन्वय समिति काठमाडौंको २० माघको निर्णयानुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडामा व्यवस्था मिलाएको छ ।
शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि ४ बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।
खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सम्बन्धित विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने छन् ।
पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौँ महानगरपालिकाले सूचना जारी गरिसकेको छ ।















प्रतिक्रिया