
काठमाडौं, २४ माघ । काठमाडौँ उपत्यकामा आज सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयहरूले आइतबार अबेर नयाँ आदेश जारी गर्दै उपत्यकामा जारी जोरबजिोर प्रणाली हटाएको हो । त्यस्तै, आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने पनि निर्णय भएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले जोरबिजोर हटाउन सिफारिस गरेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सवारी साधनमा जोरबिजोर हटाउने तथा विद्यालय खोल्ने निर्णय गरेका हुन् ।
निर्णयानुसार जोरबिजोर प्रणाली हिजो आइतबार मध्यरातदेखि १२ बजेदेखि नै हटेको छ भने अब फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन हुने छन् ।
यस्तो छ आदेश–



















प्रतिक्रिया