१८ कार्तिक २०८३, बुधबार

हवाई सेवा अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

सिमकोट, २३ माघ । गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरुद्ध भएको छ । यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको छ । मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ ।

साढे दुई फिटसम्म हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ ।

हिमपातले चार दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई सेवाले उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखा कार्यालय प्रबन्धक मोहन गिरीले जानकारीदिनुभयो । विमानस्थलमा दैनिक १५ सम्म उडान हुने बताइएको छ ।
–रासस