८ कार्तिक २०८३, आइतबार

एकैदिन २२ लाख बढीमा कोरोना संक्रमण पुष्टि, ८ हजार जनाले गुमाए ज्यान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ८ हजार ३१७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ८ हजार ३१७ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर २२ लाख १४ हजार २२३ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ३९ करोड ३५ लाख ५४ हजार ७६४ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, ३१ करोड २६ लाख ४३ हजार ८७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५७ लाख ५१ हजार ८२९ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ८०३ को ज्यान गएको छ । ५२ हजार ७८० जना सक्रिय संक्रमित रहेका छन् भने ९ लाख ६५ हजार २२२ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ९ लाख ६३९ जना संक्रमित निको भइसकेका छन् ।