२ कार्तिक २०८३, सोमबार

‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को विजेता बनिन् कृपा पौडेल

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । ‘सारेगामापा लिटिल च्याम्प्स नेपाल’को पहिलो विजेता कृपा पौडेल बनेकी छिन् ।

प्रतियोगितामा दाबेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाँल फस्ट रनर अप भए । प्रतियोगितामा अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभभित्र पर्न सफल भए ।

आज आइतबार बिहान २ बजे सम्पन्न ग्राण्ड फिनालेबाट पौडेललाई विजेता घोषणा गरिएको हो । प्रतियोगितामा उनी दर्शक तथा श्रोताको भोटिङको आधारमा विजेता घोषित गरिएको जानकारी दिइएको छ ।