
सुनसरी, २२ माघ । धरानको दुई वटा वडाका माओवादी केन्द्रका अध्यक्षहरुसहित सिंगो कमिटी एमालेमा प्रवेश गरेको छ ।
कमिटीका सम्पूर्ण पदाधिकारी एमालेमा समाहित भएका हुन् ।
नेकपा एमालेले शनिबार धरानमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा वडा नं १६ का अध्यक्ष हिमाल कार्की, सचिव कैलाश लिम्बुसहित १ सय जना नेता–कार्यकर्ता माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका हुन् ।
त्यस्तै, वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बुसहित दर्जनौँ नेता कार्यकर्ता माओवादीबाट एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा पूर्व बिग्रेड कमाण्डर सुर्य खड्का, माओवादी केन्द्रका नगर सदस्य राम राई पनि एमाले प्रवेश गरेका छन् ।
आज मात्रै ४६७ नेता कार्यकर्ता माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका छन् ।
उनीहरुलाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए ।
एमाले प्रवेश गर्दै उनीहरुले भने, ‘आज हामी देशको ठुलो पार्टी एमालेमा, मुलबाटोमा फर्केका छौ, भोली वडा र नगर कमिटीबाट आउने क्रम जारी छ ।’












प्रतिक्रिया