१८ कार्तिक २०८३, बुधबार

हिमपातले अवरुद्ध राजमार्ग दुई दिनपछि सञ्चालनमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

डोटी, २२ माघ । बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग पुनःसञ्चालन भएको छ ।

बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जेड्ने भीमदत्त राजमार्ग र सिलगढी साँफे जोड्ने पहलमानसिंह स्वाँर राजमार्ग अवरुद्ध भएका थिए ।

हिउँ पन्छाएपछि अवरुद्ध राजमार्ग आज साँझादेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सहसूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

स्थानीय तहका डोजर, नेपाली सेना तथा प्रहरीले हिउँ पन्छाएपछि राजमार्ग सुचारु भएका हुन् । राजमार्ग सञ्चालन भएपछि दुई दिनदेखि अलपत्र परेका यात्रु र सवारीसाधन आआफ्नो गन्तव्यतर्फ लागेको ट्राफिक प्रहरी पोष्ट बुडरले जनाएको छ ।

भीमदत्त राजमार्गको साहुँखर्क, हगुल्टे, गैरा, घण्टेश्वर तथा पहलमानसिंह स्वाँर राजमार्गको चौखुट्टेलगायत ठाउँमा बाक्लो हिमपात भएको थियो । –रासस