आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

स्पेनिस ला लिगा : गेटाफेको सानदार जित

दैनिक नेपाल २०७८ माघ २२ गते ११:१२

म्याड्रिड, २२ माघ । स्पेनिस ला लिगाको २३औं राउण्डको खेलमा गेटाफेले सानदार जित निकालेको छ ।

घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेले रेलिगेसनको दबाबमा रहेको लिभान्तेलाई ३–० गोलले हरायो । एकपक्षीय खेलमा गेटाफेलाई जिताउन इनेस उनालले दुई तथा कार्लेस एलेनाले एक गोल गरे । गेटाफेले खेलको पहिलो मिनेटमै अग्रता लिएको थियो ।

इनेसले मौरो अरमबारीको पासमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । २९औं मिनेटमा इनेसले माथियस ओलिभेराको पासमा गोल गर्दै गेटाफेको अग्रता दोब्बर बनाए ।

गेटाफेले अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा थपेको थियो । कार्लेसले बोर्जा मायोरलको पासमा गोल गर्दै गेटाफेलाई सानदार जित दिलाए । बल पोसेसनमा अब्बल रहेपनि पाहुना टोली लिभान्तेको गोल फर्काउने प्रयास सफल भएन ।

५९ प्रतिशत बल पोसेसन राखेको लिभान्तेले खेलभर ११ वटा पोस्ट् प्रहार गरेपनि गेटाफेको रक्षापंक्ति चिर्न सकेन । गेटाफेका इनेस उनाल ‘म्यान अफ दि म्याच’ भए । जितसँगै गेटाफे १४औं स्थानमा उक्लिएको छ । २३ खेल सकेको गेटाफेको २५ अंक छ । पराजित लिभान्तेमाथि रेलिगेसनको दबाब थपिएको छ ।

अन्तिममा रहेको लिभान्तेको २२ खेलबाट ११ अंक पुगेको छ । लिगको शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २२ खेलबाट ५० अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ४६ र तेस्रो स्थानमा आसिन रियल बेटिसको ४० अंक छ ।

विश्वकै चर्चित लिग मध्यको एक स्पेनिस ला लिगा फुटबल पहिलो पटक नेपालमा डिशहोम एक्सन स्पोर्ट्स एचडी टेलिभिजन मार्फत प्रतक्ष हेर्न पाइने ब्यवस्था छ । हरेक हप्ता आउने ला लिगाको खेल अब हप्ताको ५० रुपैयाँ शुल्क तिरेर हेर्न सकिने छ ।

ला लिगाको नेपालका लागि पे टिभी तथा डिजिटलको विशेष प्रसारणको अधिकार डिशहोमले प्राप्त गरेको हो । ला लिगाका खेलहरु एक्सन स्पोर्टस एचडी २ मा प्रशारण भईरहेको छ । त्यसका लागि डिशहोमको ग्राहक भने बन्नुपर्ने हुन्छ । हाल डिशहोमको ग्राहकलाई ला लिगाको सिजन टिकट सिम टिभी, प्रभु टिभी र डिश होमको ओटीटी (डिशहोम गो) मार्फत उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित