८ कार्तिक २०८३, आइतबार

मूल्य बृद्धिको बिरोधमा युवा संघ दाङद्वारा रक्तदान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर, २२ माघ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल दाङले नारायणपुरमा रक्तदान गरेको छ ।

सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको चुनाव समयमै गर्न माग गर्दै रक्तादान गरिएको राष्ट्रिय युवा संघका केन्द्रिय स्थायी कमिटी सदस्य माधव वलीले जानकारी दिए । रक्तदान कार्यक्रममा ५० जना युवाहरुले रक्तदान गरेको उनले बताएका छन् ।

युवा संघ दाङका अध्यक्ष देबु बस्नेतको अध्यक्षता तथा एमाले दाङका जिल्ला संगठन कमिटी अध्यक्ष हुकुम बस्नेतको प्रमुख आथित्यमा भएको रक्तदान कार्यक्रममा एमाले दाङका सचिव मनोहर बुढाथोकी, युवा संघका केन्द्रिय सदस्य शिव श्रेष्ठ, अनेरा स्ववियूका केन्द्रिय सदस्य बर्षात भण्डारी लगायतले टायर जलाउने र चक्का जाम गर्ने भन्दा पनि रचनात्मक काम गरेर गठबन्धन सरकारविरुद्ध जनतालाई जागरुक गराइरहेको बताएका थिए ।