८ कार्तिक २०८३, आइतबार

ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमै फर्किए

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमै फर्किएका छन् ।

हिजो शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको भेटघाटपछि उनी एमालेमै फर्किएका हुन् ।

गत निर्वाचनमा प्रदेश सासंदको उम्मेदवारी नपाएको तथा माओवादी केन्द्रसँग पार्टी एकता हुँदा उनले कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट बन्दै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

तर, कांग्रेसको जिल्ला अधिवेशनमा पनि प्राथमिकतामा नपरेका उनी पुन एमालेमै फर्किएका हुन् । कांग्रेसको शैलीले निराश बनेका उनले केही समयअघि सामाजिक सञ्जालमा लेख्दै पार्टीमा नरहेको घोषणा गरिसकेका थिए ।

बुखेल गाविसको पूर्वध्यक्ष, नेकपा एमालेको क्षेत्रीय कमिटी अध्यक्ष र जिल्ला कमिटी सदस्य समेत भैसकेका हुमागाई ईमानदार नेताको रुपमा चिनिन्छन् । तस्वीर : नेकपा एमाले ललितपुरको फेसबुक पेजबाट ।