
-सुजन बस्नेत
गोरखा, २१ माघ । राष्ट्रिय युवा संघ गोरखाद्वारा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण रगतको अभाव पूर्तिका लागि रक्तदान कार्यक्रम गरिएको संघले जनाएको छ ।
रक्तदान जीवन दान भन्ने मुल नाराका साथ गोरखामा राष्ट्रिय युवा संघ र जिल्ला रेडक्रससँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
गेरखा नगरपालिका वडा नं ३ हरमटारी चोकमा आयोजित कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रमबाट सङ्कलित ५३ पाउन्ड रगत मध्य १० पाउन्ड रगत जिल्ला अस्पताल गोरखालाई र बाँकी रहेको ४३ पाउन्ड रगत जिल्ला रेडक्रसलाई हस्तान्तरण गरिएको अनेरास्ववियु गोरखा जिल्ला सह–ईन्र्चाज प्रविन श्रेक्ष्ठले जानकारी दिए ।















प्रतिक्रिया