२ कार्तिक २०८३, सोमबार

सोनाम ल्होसारको अवसरमा ध्रुव र सरिताले ल्याए ‘ठेकीको मोही मिठो’

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । अभिनय कलामा अब्बल मानिन्छन् ध्रुबसिंह तामाङ ।

कलाकारिता क्षेत्रमा छिरिङको उपनामले चिनिने तामाङले धेरै जसो तामाङ भाषाका चलचित्रहरुमा अभिनय गरेका छन् । मुलधारका चलचित्रमा समेत अभिनय गर्ने सोच बनाएको भए पनि तामाङ जातीको संस्कार, संस्कृति र भेषभूषामा आधारित रहेर बनेका चलचित्रमा व्यस्त हुनु पर्दा समय अभाव भएको उनले बताउँदै आएका छन् ।

उनै छिरिङले आफ्नो पाइला म्युजिक भिडियोमा समेत पाइला चालेका छन् । उनले अभिनय गरेको नयाँ सेलो गीत ‘ठेकीको मोही मिठो’ तामाङहरुको पर्व सोनाम ल्होछार (ल्होसारको) अवसर पारेर हिजो बुधबार सार्वजनिक गरेका छन् । भिडियोमा उनको जोडीको रुपमा सरिता रानामगरले साथ दिएकी छिन् भने करन तामाङ र डीबी दोङको समेत अभिनय भिडियोमा समेटिएको छ ।

छिरिङ दोर्जे लामाको शब्दमा साम्तेन मोक्तानको संगीत रहेको गीतमा साम्तेन र जीतु लोप्चनको स्वर रहेको छ । त्यसैगरी चाँद सिंहले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा राजिव आचार्यको कोरियोग्राफी, विजय लामाको छायाँकन, राजेश कुमारको सम्पादन तथा धनबहादुर तामाङ (सागर गोले)को निर्देशन रहेको छ ।