
काठमाडौं, २० माघ । नेपाली कथानक चलचित्र ‘ठगराज’ निर्माण हुने भएको छ ।
‘ठगराज’ रङ्ग पत्रकार एवम् लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले निर्माण गर्न लागेका हुन् । चलचित्रकको लेखन, निर्माण तथा निर्देशन उनैले गर्ने भएका छन् ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएशनको ब्यानरमा सो चलचित्र निर्माण हुने बताइएको छ । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको रङ्ग पत्रकार सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर औपचारिक घोषणा गरेका हुन् ।
चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य टीमको बारेमा केही समयपछि जानकारी गराइने निर्देशक सुवेदीले जानकारी दिएका छन् । चलचित्रको छायाँकन चैत्र अन्तिमदेखि गर्ने निर्माण टीमको योजना छ ।
सामाजिक कथा, जीवनको यथार्थसँग नजिक, साथमा कमेडी, लभ र सेन्टीमेन्टको संयोजन रहने निर्देशक सुवेदीले बताएका छन् ।















प्रतिक्रिया