शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल

दैनिक नेपाल २०७८ माघ २० गते ८:०१

काठमाडौं, २० माघ । बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा सेनेगलले बुर्किनालाई ३–१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रीशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै तेस्रो पटक फाइनल यात्रा तय गरेको हो ।

अब सेनेगलले इजिप्ट र आयोजक क्यामरुनबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोही दिन तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुने छ । क्यामरुन र इजिप्टले फाइनल प्रवेशका लागि आज राति प्रतिस्पर्धा गर्दैछ ।

सेनेगल तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००२ र २०१९ मा फाइनलमा प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । सेनेगलसँगको हारसँगै बुर्किना फासो दोस्रोपटक फाइनल पुग्नबाट वञ्चित बन्यो ।

बुर्किना फासो यसअघि २०१३ मा फाइनलमा प्रवेश गरेको थियो । उपाधि भने जित्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित