शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

अमेरिकाले आफ्नो देशलाई युद्धमा तान्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

दैनिक नेपाल २०७८ माघ १९ गते १०:४५

रसिया, १९ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाले आफ्नो देशलाई युक्रेनमा युद्धमा तान्न खोजेको आरोप लगाएका छन् ।

युक्रेन सङ्कट बढिरहेका बेला कैयौँ साताहरूपछि सार्वजनिक रूपमा धारणा राख्दै पुटिनले अमेरिकी लक्ष्य रुसमाथि प्रतिबन्ध लगाउने बहानाका रूपमा उक्त टकराबलाई प्रयोग गर्नु रहेको बताए । यद्यपि उनले वार्ताको सम्भावनालाई नकारेका छैनन् ।

बीबीसीले प्रकाशित गरेको समाचार अनुसार अमेरिकाले युरोपमा नेटो गठबन्धन सेनाबारेको रुसी चिन्तालाई बेवास्ता गरिरहेको पुटिनले बताएका छन् । रुसले युक्रेनको सिमाना नजिकै ठूलो सङ्ख्यामा सेना तैनाथ गरेपछि त्यस क्षेत्रमा तनाव बढेको छ ।

रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि युक्रेनमाथि आक्रमणको योजना बनाएको पश्चिमी आरोपलाई अस्वीकार गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित